'१० लाख मानिसलाई चिथोरेर मारिसकेपछि परिणाम जेसुकै होस्, त्यो विजय हुन सक्दैन'
ratopati.com · Thu Aug 13 11:37:21 GMT 2026

मस्कोस्थित नोभाया गजेटा पत्रिकाको कार्यालयका गल्लीहरू सुनसान छन् । त्यहाँ असाध्यै ठुलो रिक्तता महसुस हुन्छ । ‘अब पत्रिका नै छैन,’ पत्रिकाका पूर्वप्रधान सम्पादक दिमित्री मुरातोभ भन्छन् ।
मुरातोभले ३० वर्षभन्दा अघि नोभाया गजेटा स्थापना गरेका थिए । यो पत्रिका रुसमा खोजमूलक र निर्भीक स्वतन्त्र पत्रकारिताको प्रमुख माध्यम बनेको थियो । यसले मानवअधिकार उल्लंघन र उच्च तहको भ्रष्टाचारलाई उजागर गर्दै आएको थियो । सन् २०२१ मा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि गरेको प्रयासस्वरूप मुरातोभले संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए । नोबेल समितिले नोभाया गजेटाका छ जना पत्रकार मारिएको उल्लेख गरेको थियो, तीमध्ये चेचन्याको युद्धबारे खोजमूलक रिपोर्टिङ गर्ने अन्ना पोलित्कोभ्स्काया पनि थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)