महाकाली करिडोर निर्माणमा सुस्तता, डेढ दशकमा छ किलोमिटर मात्रै कालोपत्र
arthadabali.com · Thu Aug 13 11:39:28 GMT 2026

कञ्चनपुर / नेपाल–भारत–चीनलाई जोड्ने रणनीतिक महत्वको महाकाली करिडोर निर्माण सुरु भएको डेढ दशक बितिसक्दा पनि अपेक्षित प्रगति हुन सकेको छैन । २०६६ सालदेखि निर्माण सुरु भएको ४१३ किलोमिटर लामो करिडोरमध्ये हालसम्म करिब ६.४ किलोमिटर सडक मात्रै कालोपत्र भएको छ ।
कञ्चनपुरको बह्मदेवदेखि दार्चुलाको तिंकर हुँदै नेपाल–चीन सीमा जोड्ने लक्ष्यसहित निर्माण भइरहेको करिडोरको कञ्चनपुर–दार्चुला खण्ड ३३४ किलोमिटर र तुसारपानीदेखि तिंकरसम्मको खण्ड ७९ किलोमिटर रहेको छ । तुसारपानी–तिंकर खण्डको निर्माण नेपाली सेनाको व्यवस्थापनमा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)