बैंकका सञ्चालक र सीईओविरुद्ध मुद्दा परे पनि बैंकिङ कारोबारमा असर पर्दैन - राष्ट्र बैंक
arthasansar.com · Thu Aug 13 11:42:39 GMT 2026

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध मुद्दा दायर भएको घटनाले बैंकको नियमित कारोबारमा कुनै असर नपर्ने जनाएको छ ।
हाल बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएपछि राष्ट्र बैंकले बैंकको अवस्थाबारे धारणा सार्वजनिक गर्दै कारोबारमा कुनै पनि असर नपर्ने जनाएको छ । राष्ट्र बैंकले विज्ञप्तिमार्फत बैंकको सञ्चालन तथा व्यवस्थापनलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । बैंकको तरलता अवस्था र वित्तीय सबलताका सूचक राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार सन्तोषजनक रहेको भन्दै हाल बैंकको दैनिक कार्यसञ्चालनमा कुनै किसिमको जटिलता उत्पन्न हुने अवस्था नदेखिएको स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)