पहिरोमा परी मृत्यु भएका चार जनाको सनाखत, ९ जना अझै बेपत्ता
nepaltvonline.com · Thu Aug 13 11:44:51 GMT 2026

रोल्पा- रोल्पाको थवाङ गाउँपालिका – ५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु भएका चार जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा थवाङ गाउँपालिका – ५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८० वर्षीया मनखना पुन मगर रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)