एभरेष्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिम रोयल वारियर्स
ratopati.com · Thu Aug 13 11:57:55 GMT 2026
काठमाडौँ। एभरेष्ट महिला भलिबल लिग (इडब्लूभी)को तेस्रो संस्करणका लागि नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल वारियर्स घोषणा गरिएको छ । लिग आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार सुदूरपश्चिम रोयल वारियर्सलाई तेस्रो संस्करणको नयाँ फ्रेन्चाइज टोलीका रूपमा घोषणा गरेको हो । नयाँ टोलीको प्रवेशसँगै व्यावसायिक महिला भलिबलको राष्ट्रिय पहुँच अझ विस्तार हुने आयोजकले विश्वास लिएको छ।
सुदूरपश्चिम रोयल वारियर्सको स्वामित्व उमा गौतम भण्डारी, सञ्जीप शाही र कुमार भण्डारीको रहेको छ । टोलीले विशेषगरी सुदूरपश्चिमका ग्रामीण, दुर्गम तथा अवसरबाट वञ्चित क्षेत्रका प्रतिभाशाली महिला खेलाडीलाई पहिचान गर्दै व्यावसायिक मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)