राखेपको १२५ औँ बोर्ड बैठकले यस्तो गर्यो निर्णय
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५ औँ बोर्ड बैठकले आगामी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तथा स्थान तय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकले प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि २९ गतेसम्म सुर्खेतमा सञ्चालन गर्ने निर्णय गरेको राखेपका सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिएका छन्।
युवा तथा खेलकुद मन्त्री, सातै प्रदेशका सदस्यसचिवहरू र परिषद्का सदस्यहरूको उपस्थितिमा भएको उक्त बैठकले प्रतियोगिताका लागि आवश्यक मापदण्ड तथा निर्देशिकाहरू पारित गरेको छ। साथै, जापानमा आयोजना हुने १९ औँ एशियाली खेलकुदका लागि खेलाडी र अफिसियल गरी कुल २ सय १८ जनाको सहभागितालाई परिषद्ले अन्तिम सहमति प्रदान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)