बङ्गलादेशको राष्ट्रपति दौडमा आलमगीर
ratopati.com · Thu Aug 13 12:04:36 GMT 2026

ढाका । बङ्गलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले महासचिव मिर्जा फखरूल इस्लाम आलमगीरलाई आगामी राष्ट्रपति निर्वाचनका लागि पार्टीको उम्मेदवार चयन गरेको छ । उम्मेदवार बनेलगत्तै आलमगीरले पार्टी महासचिव तथा राष्ट्रिय स्थायी समितिको सदस्य पदबाट राजीनामा दिएका छन् ।
बीएनपीका वरिष्ठ संयुक्त महासचिव रुहुल कबिर रिजवीले प्रधानमन्त्री कार्यालयअगाडि रहेको पार्टी सचिवालयमा बिहीबार राष्ट्रिय स्थायी समितिको बैठकपछि पत्रकार सम्मेलनमार्फत आलमगीरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेका हुन् । बैठकमा पार्टीका संयुक्त महासचिवसहित राष्ट्रिय स्थायी समितिका अन्य नेताहरूको उपस्थिति थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)