रासायनिक मलको विकल्पमा जैविक मल, कृषिमा ‘प्राङ्गारिक’ बाटो रोज्नुपर्नेमा जोड
kalakarmi.com · Thu Aug 13 11:29:08 GMT 2026

काठमाडौं- कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यताबारे छलफल गरिएको छ ।
बैठकमा रासायनिक मलको प्रयोगलाई क्रमशः घटाउँदै प्राङ्गारिक तथा जैविक मलको प्रयोग बढाउन आवश्यक नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ । समिति सभापति अशोककुमार चौधरीले रासायनिक मलको प्रयोगलाई क्रमशः हटाउँदै प्राङ्गारिक तथा जैविक मलको उपयोगतर्फ कृषकलाई आकर्षित गर्ने नीति आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)