धरानमा मन्दिरको जग्गा हिनामिना गरेको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरान उपमहानगरपालिकामा रहेको श्री नरसिंह भगवान मन्दिरको स्वामित्वमा रहेको बहुमूल्य जग्गा अवैध रूपमा व्यक्तिको नाममा नामसारी गरी हिनामिना गरेको आरोपमा ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
धरान नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडासहित ९ जनाविरुद्ध ३६ लाख १० हजार रूपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)