सुस्ताका नागरिकता समस्या समाधान गर्न विवरण प्रतिवेदन तयार गरिँदै
ratopati.com · Thu Aug 13 12:33:34 GMT 2026

बुटवल । पश्चिम नवलपरासीको सुस्तामा नागरिकता प्राप्त गर्न समस्या भएका ११७ घरधुरीको समस्या समाधानका लागि प्रक्रिया अघि बढाइएको छ। नागरिकता प्राप्त गर्न अन्य प्रक्रिया पूरा गर्न सकिने भएपनि ११७ घरधुरीको हकमा थप अध्ययन आवश्यक देखिएको सुस्ता आन्दोलनका अगुवा बाबुखाँले बताए।
नागरिकताको समस्या समाधानको माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका खाँसहितका सुस्ता आन्दोलनका अगुवाहरू आज बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए। उनीहरूले प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालसँग नागरिकता वितरण प्रक्रियाबारे छलफल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)