अग्रपंक्ति बलियो बनाउँदै युरोपका ठूला क्लब
nepalnews.com · Thu Aug 13 12:30:54 GMT 2026
स्पेनिस च्याम्पियन बार्सिलोनासँग के छैन? टोलीमा एक से एक विश्वस्तरिय खेलाडी छन्। तर, २९ पटक ला लिगा, पाँच पटक च्याम्पियन्स लिग, तीन पटक फिफा क्लब विश्वकप र ३२ पटक कोपा डेल रे जस्ता उपाधि जितिसकेको बार्सिलोना अझै पूर्ण सन्तुष्ट छैन।
कारण एउटै छ, आक्रमणको केन्द्रमा भरपर्दो नम्बर ९ को अभाव। चार वर्षमा बार्सिलोनालाई तीन पटक ला लिगा र एक पटक कोपा डेल रेको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका रोबर्ट लेवान्डोव्स्कीले गत सिजन क्लबबाट बिदाइ लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)