विराटनगरका ७ आँखा अस्पतालमा प्रशासनको ताला
onlinekhabar.com · Thu Aug 13 12:40:48 GMT 2026

२८ साउन, विराटनगर । भारतीय बिरामीलाई लक्षित गर्दै विराटनगरको दक्षिणी क्षेत्रमा खुलेका सात वटा आँखा अस्पताल स्थानीय प्रशासनले सिलबन्दी गरेको छ । न्यूनतम मापदण्डसमेत पूरा नगरी सञ्चालनमा रहेका सात वटा आँखा अस्पताल तथा प्रयोगशाला (ल्याब) लाई प्रशासनले सिलबन्दी गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्वमा बुधबार र बिहीबार गरेको अनुगमनपछि विराटनगर महानगरपालिका–१४ मा रहेको विराट आँखा अस्पताल, विराटनगर–१५ मा रहको इफराह आँखा अस्पताल, विराटनगर–१० मा रहेको सञ्जीवनी आई केयर, विराटनगर–१३ मा रहेको हिमाल आँखा अस्पताल, विराटनगर–९ मा रहेको विराट रानी आँखा अस्पताल, विराटनगर–१५ मा रहेको अखण्ड ज्योती आँखा अस्पताल र विराटनगर–१३ मा रहेको नेपाल आँखा अस्पतालमा सिलबन्दी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)