रिटर्नीहरूको ज्ञान, सीप, अनुभव र प्रविधिलाई देश निर्माणमा सदुपयोग गर्नुपर्छः पोखरेल
corporatenepal.com · Thu Aug 13 12:32:54 GMT 2026

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशबाट फर्किएका नेपाली (रिटर्नी)हरूको ज्ञान, सीप, अनुभव र प्रविधिलाई राज्यले नीतिगत रूपमा सम्बोधन गर्दै देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।
रिटर्नी फेडेरेसन नेपालले एमाले केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरेको ‘रिटर्नीमैत्री नीति र पुनःएकीकरणः सदनको भूमिका र राज्यको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै पोखरेलले रिटर्नीहरूले उठाएका जायज विषयलाई नीति, ऐन तथा कानुनमै समेट्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)