श्रेष्ठको पक्राउबारे कांग्रेस : गैरकानुनी गिरफ्तारीको निन्दा गर्छौं
baahrakhari.com · Thu Aug 13 13:16:59 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको भन्दै गैरकानुनी गिरफ्तारीको निन्दा गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले दोषको निरुपण गर्ने न्यायिक प्रक्रिया हुँदाहुँदै त्रसित पार्ने उद्धेश्यले गरिएको दमनकारी व्यवहारको निन्दा गर्ने बताए ।
“जुन किसिमको धरपकड गरेको कुरा बाहिर आएको छ, दोषको निरुपण गर्ने न्यायिक प्रक्रिया हुन्छ, प्रेस काउन्सिल छ, कानुनसम्मत प्रक्रियाहरू छन् । त्यो प्रक्रियालाई पर राखेर, त्रसित पार्ने, नागरिक स्वत स्वतन्त्रता कुण्ठित पार्ने, प्रेसको घाँटी निमोठ्ने जुन किसिमको दमनकारी व्यवहार सत्ताबाट भएको छ, त्यो स्वीकार्य छैन,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)