दिवंगत पाण्डेको परिवारद्वारा तीन वटा संस्थालाई एक करोड दान
nepalnews.com · Thu Aug 13 13:25:56 GMT 2026

काठमाडौँ। दिवंगत देवेन्द्रराज पाण्डेको इच्छाबमोजिम उनको परिवारले प्राज्ञिक क्षेत्रका तीन संस्था मार्टिन चौतारी, नर्थसाउथ कलेक्टिभ्स र अर्को एक सार्वजनिक संस्थालाई कुल एक करोड रुपैयाँ प्रदान गरेको छ। मार्टिन चौतारी र नर्थसाउथ कलेक्टिभ्सद्वारा विज्ञप्ति जारी गरी तीन संस्थालाई रकम दान गरिएको जानकारी दिइएको हो।
रकम तीनवटै संस्थाबीच बराबरी भाग लाग्ने गरी २२ साउनमा गते प्रदान गरिएको हो। उक्त रकम दिवंगत पाण्डेकी छोरी विनीता पाण्डेले सम्बन्धित संस्थाका प्रतिनिधिहरूलाई हाँडीगाउँस्थित आफ्नै निवासमा भेट गरी हस्तान्तरण गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)