देउवा आगमनको स्वागत, अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास
onlinekhabar.com · Thu Aug 13 13:29:59 GMT 2026

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएकामा स्वागत गरेको छ । सभापति गगन थापाको अध्यक्षतामा बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सार्वजनिक गरेका चार निर्णयमध्ये पहिलो निर्णयमै देउवालाई स्वागत गरेको विषय उल्लेख छ ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्कनु भएकोमा हार्दिक स्वागत गर्दछ,’ निर्णयमा भनिएको छ, ‘यो बैठक उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)