रासायनिक मलको प्रयोग घटाउँदै जैविक मलतर्फ जानुपर्नेमा जोड
ratopati.com · Thu Aug 13 13:40:35 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै जैविक तथा प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने बताएका छन्।
समितिको बिहीबारकाे बैठकमा जैविक तथा प्राङ्गारिक मल, माटोको अवस्था र दिगो कृषि विकासबारे छलफल गर्दै सभापति चौधरीले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घटाउने भएकाले जैविक मल प्रवर्द्धनका लागि नीतिगत प्राथमिकता आवश्यक रहेको बताए। उनले आगामी बैठकमा जैविक तथा प्राङ्गारिक मल उत्पादक उद्योगसँग उत्पादन, लागत र प्रतिस्पर्धी क्षमताबारे छलफल गरिने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)