श्रेष्ठको रिहाइका लागि बन्दीप्रत्यक्षीकरण रिट, पक्राउमा बारको गम्भीर आपत्ति
baahrakhari.com · Thu Aug 13 13:49:53 GMT 2026

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ । श्रेष्ठको हकमा उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार (साउन २८) बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी हुन् । बिनाआधार पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण आदेश (थुनामुक्त) जारी गर्न रिटमा माग गरिएको छ ।
बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइका लागि शुक्रबारका लागि पेसी तोकिएको छ । सरस्वतीले श्रेष्ठ बिरामी रहेको अवस्था समेत दर्शाउँदै आफूलाई भेटघाट गर्न समेत नदिएको दाबी समेत गरेकी छन् । श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)