पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
aarthiknews.com

काठमाडौं । पत्रकार किशोर श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई तीन दिनको म्याद थप गर्ने अनुमति दिएको हो।
श्रेष्ठको रिहाइको माग गर्दै आज अदालतमा कानुन व्यवसायीहरूले बहस गरेका थिए। नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजय मिश्र, वरिष्ठ अधिवक्ता शम्भू थापासहित बारका महासचिव केदार कोइराला, गोविन्द बन्दी, अम्बर राउत बहस गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)