अन्तर्राष्ट्रिय युवा दिवसमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिको दौड प्रतियोगिता
onlinekhabar.com · Thu Aug 13 14:01:34 GMT 2026
२८ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिले आयोजना गरेको दौड प्रतियोगितामा खुलातर्फ गणेश सिंह र महिलातर्फ जेनिशा राई प्रथम भएका छन् । दौडको रुट माइतीघरदेखि तिनकुनेसम्म तोकिएको थियो ।
प्रतियोगिताको खुलातर्फ रुपेश कार्की द्वितीय र सञ्जीव नेपाली तृतीय भए । महिलातर्फ पूर्णिमा आचार्य द्वितीय र शारदा राईले तृतीय स्थान हासिल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)