रेसुङ्गामा श्रद्धालुको घुइँचो
ratopati.com · Thu Aug 13 14:52:40 GMT 2026

गुल्मी। रेसुङ्गामा श्रद्धालुहरुको घुइँचो लागेको छ। रेसुङ्गा धार्मिक क्षेत्र हो। विगतको तुलानामा यस वर्ष घुइँचो बढेपछि स्थानीय खुसी भएका छन् । धर्ममा आस्था राख्ने श्रद्धालुहरु साउन महिनामा एकपटक रेसुङ्गा पुग्नुले भीड बढ्ने गरेको हो।
रेसुङ्गा संरक्षण समितिले साउनमा एकमहिने धार्मिक मेलाका आयोजना गर्ने गरेको छ । उक्त मेला अवलोकन तथा धर्म गर्न यस क्षेत्रमा भक्तजनको उपस्थिति हुने गर्दछ। रेसुङ्गालाई धार्मिक परम्पराअनुसार तपोभूमि तथा सिद्ध क्षेत्रका रुपमा लिइन्छ । त्रेतायुगदेखि ऋषिमुनिहरुले यस क्षेत्रमा तपस्या गरेको भन्ने धार्मिक आस्था र विश्वास कायम छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)