नाइमा एक्स्पोमा अटो लोनअफर, आधारदरमा ०.५ देखि १ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा
aarthiknews.com

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै बैंकहरूले आकर्षक अटो लोन योजना ल्याएका छन्। एक्स्पोमा साझेदारी गरेका ग्लोबल आइएमई, सिद्धार्थ र एनएमबी बैंकले मेलास्थलबाटै कर्जा प्रक्रियाका लागि सहजीकरण गरिरहेका छन्।
बैंकहरूले आधारदरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म प्रिमियम थपेर अटो कर्जा उपलब्ध गराउने योजना ल्याएका हुन्। कर्जामा सेवा शुल्कसमेत ०.५ प्रतिशत मात्र लिने व्यवस्था गरिएको बैंकहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)