गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित]
nepallive.com · Thu Aug 13 15:06:00 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेश फर्किएकोमा स्वागत गर्दै पार्टीमा अब उनको भूमिका अभिभावकीय हुने अपेक्षा गरेको हो ।
सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बसेको बैठकमा देउवाको स्वास्थ्य लाभको कामनासमेत गरेको छ । बैठकले देउवाले नेपाली कांग्रेसको गौरवशाली इतिहास निर्माणमा पुर्याएको योगदान तथा लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिकाको स्मरण गर्दै उनको अनुभव र मार्गदर्शन आगामी दिनमा पनि पार्टीका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)