लहानको प्रदर्शनमा प्रहरीलाई गोली लागेको भएन पुष्टि, गणेश यादवको मृत्यु घटना पनि छानबिन हुँदै
ratopati.com · Thu Aug 13 15:10:22 GMT 2026

काठमाडौँ । सुनसरीमा साउन १० गते भएको झडपपछि त्यसको असर मधेसका जिल्लामा पनि परेको थियो । साउन १४ मा सिरहाको गोलबजारमा भएको प्रदर्शनमा प्रहरीसँगको झडपमा १८ वर्षीय गणेश यादवले ज्यान गुमाएका थिए । औरही गाउँपालिका–२ घर भएका यादवलाई मन्त्रिपरिषद्ले सहिद घोषणा गरिसकेको छ ।
गणेश यादवको मृत्युको कारण र त्यसमा संलग्नमाथि गृह मन्त्रालयले छानबिन गरिरहेको छ । मन्त्रालयले सहसचिव पुष्पराज शाहीको नेतृत्वमा समिति गठन गरेको छ । समितिले छानबिन गरिरहेको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए । उनले भने, ‘समितिले छानबिन थालेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)