अवैध लागूऔषध सहित दुई जना पक्राउ
reportersnepal.com · Thu Aug 13 15:21:38 GMT 2026

कञ्चनपुर , बेलडाँडी गाउँपालिका-३ बनपुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम १० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-२ बस्ने २६ वर्षीय रोशन सार्की र ३० वर्षीय ठग्गु राम डगौरा रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)