क्यानडा पठाइदिन्छु भन्दै १२ लाख ८० हजार रुपैयाँ ठगी
ratopati.com · Thu Aug 13 15:48:23 GMT 2026

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने प्रलोभन देखाइ १२ लाख ८० हजार रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा नगरपालिका–७ स्थायी घर भई हाल ललितपुरको टिकाथली बस्ने ३२ वर्षीय सुशान्त सिंह रहेका छन् ।
मुना मन्सुरीको जाहेरीले वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौँबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका प्रतिवादीहरू मध्येका सिंहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)