किशोर श्रेष्ठलाई रिहाइ गर्न विश्व प्रेस काउन्सिलको माग
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको गिरफ्तारीप्रति विश्वका प्रेस काउन्सिलहरूको संस्था (वर्ल्ड एसोसिएसन अफ प्रेस काउन्सिल्स–डब्लूएपीसी) ले कडा आपत्ति जनाएको छ । डब्लूएपीसीले तत्काल र निःशर्त रिहाइको माग गरेको छ।
डब्लूएपीसीका अध्यक्ष डेभिड ओम्वोयोले जारी गरेको विज्ञप्तिमा श्रेष्ठको गिरफ्तारी र हिरासतप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । श्रेष्ठ डब्लूएपीसीका दोस्रो उपाध्यक्षसमेत हुन्। डब्लुएपीसीले आफ्नो एक पदाधिकारी तथा स्वतन्त्र पत्रकारलाई पक्राउ गरिएको घटनाले नेपालको पत्रकारिता क्षेत्रमा मात्र नभई प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताका विषयमा समेत गम्भीर प्रश्न उठाएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)