राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी
barnanmedia.com · Thu Aug 13 15:38:49 GMT 2026

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष र व्यवहारिक बनाउन गठित कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार सम्पन्न कार्यदलको सातौँ बैठकले बदलिँदो शैक्षिक, सामाजिक तथा प्रविधिगत परिवेशअनुसार पाठ्यक्रमलाई समयानुकूल बनाउने निष्कर्ष निकालेको हो। बैठकमा कार्यदलअन्तर्गत रहेका १२ वटा ‘थिमेटिक’ समूहको प्रगतिको समीक्षा गरिएको छ। बैठकमा थिमेटिक समूहका सदस्यले आफ्नो समूहको कार्य प्रगति, कार्य व्यवस्था र विश्लेषण प्रस्तुत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)