१४ करोड जरिबाना असुल
ratopati.com · Thu Aug 13 16:07:57 GMT 2026

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा अदालतको फैसला कार्यान्वय गर्ने क्रममा रु १४ करोड १६ लाख राजस्व सङ्कलन गरेको छ । सो अवधिमा चार हजार ६०३ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ३८५ फरार प्रतिवादी पक्राउ परेका थिए । अदालतको फैसला कार्यान्वय गर्ने क्रममा उनीहरुबाट रु ८६ करोड ४८ लाख राजस्व सङ्कलन गरिएको थियो। आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ५१३ फरार प्रतिवादी पक्राउ पर्नुका साथै रु १५ करोड एक लाख राजस्व सङ्कलन भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)