किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति
reportersnepal.com · Thu Aug 13 16:10:07 GMT 2026

काठमाडौं, साउन २८ । अदालतले पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ । बिहीबार काठमाडौँका जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो । उनलाई वैयक्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)