पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग
nepalnews.com · Thu Aug 13 18:03:50 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५ मा पहिरोमा परेर १० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पहिरोबाट मृत्यु भएका तथा बेपत्ता भएका घटनाले पार्टी स्तब्ध भएको जनाएको छ । कांग्रेसले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी, घाइतेको उपचार र पीडित परिवारलाई तत्काल राहत तथा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)