बुबाको निधनपछि विक्षिप्त मेसी
barnanmedia.com · Thu Aug 13 22:35:30 GMT 2026
अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेसीले आफ्ना बुबा तथा लामो समयदेखि एजेन्ट रहनुभएका जर्ज मेसीको निधनपछि आफू अब धेरै लामो समयसम्म फुटबल खेलिरहने कि नरहने भन्नेमा गम्भीर शंका व्यक्त गर्नुभएको छ । लामो समयको बिरामीपछि ६८ वर्षको उमेरमा गत हप्ता बुबाको निधन भएपछि मेसीले सामाजिक सञ्जालमार्फत्् भावनात्मक श्रद्धाञ्जली अर्पण गर्दै यो कठिन परिस्थितिमा आफू अन्योलमा रहेको बताउनुभएको हो ।
बुबाको निधनले गहिरो रूपमा विक्षिप्त ३९ वर्षीय मेसीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘बुबा, तपाईंबिना म के गर्नेछु, मलाई थाहा छैन । म कसरी अगाडि बढ्ने भन्नेमा अन्योलमा छु । मैले आजसम्म केवल फुटबल खेल्नमात्र जानेको थिएँ, तर अब मलाई लाग्दैन कि म लामो समयसम्म यो खेल जारी राख्न सक्छु । तपाईं सुरुदेखि नै मेरो साथमा हुनुहुन्थ्यो । हामी यात्राको अन्त्यतिर थियौँ, अझै केही समय किन रोकिनुभएन ताकि हामीले यो यात्रा सँगै टुंग्याउन पाऊँ ?’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)