अनावश्यक ग्यास मौज्दात राखे कारबाही गर्ने आयल निगमको चेतावनी
barnanmedia.com · Thu Aug 13 23:31:04 GMT 2026

नेपाल आयल निगमले खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना हुने गरी आवश्यकताभन्दा बढी सिलिन्डर मौज्दात राख्ने व्यावसायिक प्रतिष्ठानलाई कारबाही गर्ने चेतावनी दिएको छ।
निगमले बिहीबार सूचना जारी गर्दै ३१ असारदेखि बजारमा १४.२ किलोका भरिएका ग्यास सिलिन्डर बिक्री–वितरण भइरहेको जनाएको छ। साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा वितरण भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो बढेपछि बजार अनुगमन तीव्र बनाइएको निगमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)