घटेन म्याग्दीमा अनलाइन ठगीका घटना
nepalsamaya.com · Fri Aug 14 01:01:00 GMT 2026

म्याग्दी- आफन्तले ‘म्यासेन्जर’मार्फत पठाएको अप्ठ्यारोमा परेको र ५० हजार पठाइदिन भनेको देख्नेबित्तिकै बेनीका राजेन्द्र मगर (नाम परिवर्तन)ले क्युआरमा मागेअनुसारको रकम पठाइदिए। “क्युआरमा रकम पठाएपछि आफन्तलाई फोन गरेर जिज्ञासा राख्दा फेसबुक ह्याक गरेर अर्कैले पैसा मागेको थाहा भयो,” उनले भने, “सामाजिक सञ्जालमा आएको सन्देशको पुष्टि नगरी हतारमा पठाएको पैसा गुम्यो।”
अन्नपूर्ण गाउँपालिकाका सन्देश रोका (नाम परिवर्तन)ले सामाजिक सञ्जालमा देखेको भरमा ‘आइफोन’ किन्नका लागि भनेर दुई लाख ‘क्युआर’ पठाइदिए। “पैसा पठाएपछि विज्ञापनमा भएको सम्पर्क नम्बर स्विच अफ भयो, ‘पेजनै डिएक्टीभ गरिदियो’,” उनले भने, “भएको पैसा पनि गयो, आइफोन प्रयोग गर्ने मेरो सपनालाई ठगले चकनाचुर बनाइदियो।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)