युक्रेनी आक्रमणबाट रुसको निर्यात टर्मिनलमा क्षति
kendrabindu.com · Fri Aug 14 01:10:51 GMT 2026

किभ । युक्रेनले रुसको नोभोरोसिस्क बन्दरगाहमा गरेको ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा दुई प्रमुख अन्न निर्यात टर्मिनलमा क्षति पुगेको छ। ब्ल्याक सीमा रहेको रुसको नौसैनिक अड्डामा समेत युक्रेनले आक्रमण गरेको छ।
बुधबार राति भएको आक्रमणमा आठ वर्षीय बालकसहित तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएको बीबीसीले जनाएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किभले रुसी नौसैनिक अड्डालाई लक्षित गर्दै रकेट, जेट र ड्रोन प्रयोग गरेर आक्रमण गरेको उल्लेख गरेका छन्। यद्यपि, उनले रुसको गहुँ निर्यात गर्ने टर्मिनलमा क्षति पुगेकोबारे भने केही बताएका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)