‘मालदार’ मन्त्रालयमा लुछाचुँडीले अड्कियो कर्णालीमा सरकार विस्तार
ratopati.com · Fri Aug 14 01:32:21 GMT 2026

सुर्खेत । कर्णालीमा मुख्यमन्त्रीको दाबी पेस अगावै मन्त्रालयको संख्यामा भागबन्डामा सहमति भएको खुलेको छ । साउन १२ गते नेकपा एमालेको समर्थनमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनको दाबी पेस र नियुक्ति सोही दिन भएको थियो । तर आधा महिना बितिसक्दा पनि शाहीले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । त्यसका पछाडि दुई सत्ता साझेदार दलबिच मन्त्रालयको भागबन्डामा कुरा नमिलेर हो कि भनेर बाहिर चर्चा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)