सुदूरपश्चिममा सत्ता समीकरण फेरिँदै, मुख्यमन्त्रीमा खगराज भट्टको आजै शपथ हुने
annapurnapost.com · Fri Aug 14 02:01:25 GMT 2026

धनगढी: सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण फेरिएसँगै सरकारको नेतृत्व फेरिने भएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नेकपा एमालेको समर्थनमा प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने भएका छन्।
निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शुक्रबार बिहान ११ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)