जाजरकोटमा बाढीको वितण्डा : दुई घर र एक पुल बगायो, भेरी करिडोर अवरुद्ध
ratopati.com · Fri Aug 14 02:16:50 GMT 2026

जाजरकोट । अविरल वर्षासँगै आएको बाढीले जाजरकोटको नलगाड नगरपालिकामा ठुलो क्षति पुर्याएको छ । बाढीका कारण भेरी करिडोर अन्तर्गतको जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय रग्दाका अनुसार गएरातिदेखि परेको अविरल वर्षाले नलगाड नगरपालिका वडा नं. १० स्थित तासुघाट खोलाको बहाव बढेपछि सडक अवरुद्ध भएको हो । बाढीले सडक मात्र नभई भौतिक संरचनामा समेत क्षति पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)