कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला आज, देउवाले उद्घाटन गर्ने
rajdhanidaily.com · Fri Aug 14 02:23:09 GMT 2026

काठमाडौं । नेपाली काग्रेसको संस्थापनइतर समूहले आज शुक्रबार काठमाडौ सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गर्दैछ । बिहान साढे ११ बजे हुने राष्ट्रिय भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । ३ दिनसम्म चल्ने उक्त भेलामा ६ वटा प्रस्तावमा छलफल हुने बताइएको छ ।
भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला छन् । इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट फर्किसकेका छन् । उनलाई कांग्रेस नेता–कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए । उनले नै भेला उद्घाटन गर्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)