अपर तामाकोशी नोक्सानीबाट पहिलोपटक नाफामा, विद्युत् बिक्री आम्दानी साढे १० अर्बभन्दा माथि
clickmandu.com · Fri Aug 14 02:36:10 GMT 2026

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ९२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको अपरिस्कृत वित्तीय विववरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनी ३ अर्ब ६८ करोड रुपैयाँ नोक्सानीमा थियो ।
नाफामा सुधार आउनुको मुख्य कारण विद्युत् बिक्री आम्दानीमा भएको वृद्धि हो। आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले विद्युत् बिक्रीबाट १० अर्ब ६६ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)