कास्किमा २ वटा पुल बगायो , मन्दिरमा फसेका ३ जनाको उद्दार प्रयास जारी
nepallive.com · Fri Aug 14 02:46:14 GMT 2026

कास्की– अविरल वर्षापछि आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको छ। शुक्रबार बिहान करिब २:१५ बजे मोदीखोलामा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमाना नयाँपुल–बिरेठाँटी सडकखण्डनजिक रहेका दुईवटा पुल बगाएको हो।
मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरतर्फ आवतजावत गर्न प्रयोग हुने कास्की र पर्वततर्फका दुईवटा मेटल पुलसँगै मन्दिरको आधा भागसमेत नदीले बगाएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)