तीन ओटा संसदीय समितिको बैठक बस्दै
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ। आज संघीय संसद्का तीन ओटा विभिन्न संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। बैठकहरूमा कारागारको अवस्था, बालबालिकाको अधिकार, परराष्ट्र मामिला र राष्ट्रिय मानव अधिकारको अवस्थालगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ।
बिहान साढे १० बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल गरी सुझाव सङ्कलन गर्ने कार्यसूची रहेको छ। साथै, बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले समितिमा पेस गरेको प्रतिवेदन, २०८३ पारित गर्ने कार्यसूची पनि रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)