पहिरोले अवरुद्ध मुग्लिङ–काठमाडौं सडक ६ घण्टापछि पुनः सञ्चालनमा
annapurnapost.com · Fri Aug 14 02:56:06 GMT 2026

धादिङ: धादिङको थाक्रे गाउँपालिका–६, आठकिलोमा खसेको पहिरो करिब ६ घण्टापछि हटाएसँगै मुग्लिङ–काठमाडौं सडकखण्ड दुईतर्फी पुन: सञ्चालनमा आएको छ ।
शुक्रबार बिहान करिब २:१५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। पहिरोका कारण जोगिमारा, बेनीघाट, मलेखु, गजुरी, गल्छीलगायतका विभिन्न स्थानमा सवारीसाधनहरू रोकिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)