एयर इन्डियाका सबै पाइलटका लागि ‘ड्रग टेस्ट’ अनिवार्य
kendrabindu.com · Fri Aug 14 03:10:55 GMT 2026

काठमाडौं । एयर इन्डियाले आफ्ना सबै पाइलटका लागि अनिवार्य ‘ड्रग स्क्रिनिङ’ (लागुऔषध परीक्षण) सुरु गर्ने निर्णय गरेको छ । समाचार संस्था एएफपीका अनुसार, परीक्षण बिहीबारदेखि सुरु भएको छ । यो नियम एयर इन्डियाका सबै पाइलटमा लागु हुनेछ ।
मौजुदा नियमअनुसार, एयरलाइन्सहरूले प्रत्येक वर्ष आफ्ना ‘फ्लाइट क्रु’का कम्तीमा १० प्रतिशत सदस्यको ‘साइकोएक्टिभ’ पदार्थ सेवनसम्बन्धी आकस्मिक परीक्षण गर्नुपर्ने व्यवस्था छ । तर, एयर इन्डियाले अब आफ्ना सबै पाइलटको परीक्षण गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)