मोदी खोलामा बाढी, अन्नपूर्ण मन्दिरमा पुजारीसहित तीन जना जोखिममा
nepalviews.com · Fri Aug 14 03:11:49 GMT 2026

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलामा आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बस्दै आएका तीन जना जोखिममा परेका छन् । बिहिबार राति परेको अविरल वर्षाका कारण मोदी खोलामा पानीको बहाव बढेपछि खोलाको बीचमा ढिस्कोमा रहेको मन्दिरमा रहेका पुजारीसहित तीन जना खोलाको बीचमा फसेका हुन् । उनीहरूको नामथर र ठेगाना भने खुल्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले बताए ।
“मन्दिरको दुवैतर्फको मेटलको दुई वटा पुल बगाएपछि मन्दिरमा बसेका तीन जना फसेको खबरपछि उद्धारको तयारी भइरहेको छ, सशस्त्र प्रहरी बल उद्धार सामग्रीसहित अहिले घटनास्थलमा पुगिसकेको छ”, सहायक प्रजिअ बरालले भने । उनका अनुसार घटनाको जानकारी पाएपछि गए राति १ः२७ बजे प्र्रहरीचौकी नयाँपुलबाट प्रहरी सहायक निरीक्षक रमेश अधिकारीको नेतृत्वमा चार जनाको टोली उद्धारका लागि खटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)