बाढी–पहिरोले देशका कुन् कुन् राजमार्गमा छ अवरोध ?
corporatenepal.com · Fri Aug 14 03:09:29 GMT 2026

काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख सडक तथा राजमार्गमा यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका आधा दर्जनभन्दा बढी सडकखण्डमा यातायात अवरुद्ध वा प्रभावित भएको छ। बागमती प्रदेशमा सडक अवरोधको अवस्था बढी देखिएको छ । सिन्धुपाल्चोकमा अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ । भोटेकोशी–४ को चारकिलो तथा वडा नम्बर २ को कोदारी र लिपिङमा पहिरो जाँदा यातायात ठप्प भएको प्रहरीले जनाएको छ ।
धादिङको थाक्रे गाउँपालिका–६ आठकिल्लामा बिहान २ः१५ बजे पहिरो खसेपछि पृथ्वी राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढी आएपछि त्रिशूली–मैजुङ–स्याफ्रुबेसी सडकखण्ड लामो समयदेखि बन्द छ । उक्त सडक तत्काल सञ्चालनमा आउने सम्भावना न्यून रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)