बाढी पहिरोले कास्की र जाजरकोटमा क्षति, पुल बगायो, जोखिम रहेका परिवारलाई सारियो
kendrabindu.com · Fri Aug 14 03:30:08 GMT 2026

काठमाडौं । मोदी खोलामा आएको बाढीले शुक्रबार कास्कीको अन्नपूर्ण गाउँपालिका-६ हाइजुङ र पर्वतको मोदी गाउँपालिका-१ देउपुर मोहोरिया जोड्ने दुई फलामे पुल बगाएको छ ।
खोलाको बीचमा ढिस्कोमा रहेको माता अन्नपूर्ण मन्दिर जोड्ने कास्कीतर्फको फलामे पुल २० साउनको बाढीले खोलामा खसालेको थियो । उक्त पुल सहित मन्दिरबाट पर्वततर्फ जोडिएको अर्को फलामे पुल पनि शुक्रबार रातिको बर्षापछि आएको बाढीले बगाएको हो । मानिस आवतजावतका लागि प्रयोग हुने दुई पुल बगाउँदा पर्वतको देउपुरबाट कास्कीको नयाँपुल आउन स्थानीयले घुमाउरो बाटो प्रयोग गर्नुपर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)