भदौ १० गते निर्मल पुर्जाको अन्त्येष्टि बेलायतमा हुने
kendrabindu.com · Fri Aug 14 03:38:21 GMT 2026

काठमाडौं । ब्रड पिक हिमपहिरोमा गत साउन १४ गते ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको अन्त्येष्टि बेलायतमा निजी समारोहबीच हुने भएको छ । पुर्जाको कम्पनी एलिट एक्सपिडिसनले परिवार, साथीभाइ र निम्त्याइएका अतिथिमात्र अन्त्येष्टिमा सहभागी हुने जनाएको छ।
एलिट एक्सपिडिसनले बेलायतबाट नेपाली समयअनुसार बिहीबार राति जारी गरेको सूचनामा अन्त्येष्टि निजी र निमन्त्रणामा सीमित हुने स्पष्ट पारेको हो । कम्पनीले जारी गरेको सूचनामा अन्त्येष्टिको मिति भने खुलाइएको छैन। पुर्जाका निकटस्थहरुका अनुसार भदौ १० मा अन्त्येष्टि गरीने जानकारी पाएको बताए । यद्यपि, परिवारले भने औपचारिक रूपमा मिति सार्वजनिक गरिसकेको छैन। बेलायतमा पुर्जाकी पत्नी छोरी लगायत आफन्तजन बसोबास गर्दै आइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)