बध नहुने बुटवलको बधशाला ! घाँसले ढाक्यो २२ करोडको संरचना (तस्बिरहरू)
ratopati.com · Fri Aug 14 03:37:54 GMT 2026

बुटवल । सरकारको गत हप्ता बसेको मन्त्रिपरिषद् बैठकले पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गर्यो । मासु उत्पादनलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित सरकारले यस्तो निर्णय गरेपनि रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० रामनगरमा रहेको आधुनिक पशु बधशाला भने लामो समयदेखि बन्द छ ।
करिब २२ करोड रुपैयाँको लागतमा निर्माण गरिएको बुटवलको आधुनिक बधशाला लामो समय सञ्चालनमा आउन सकेको थिएन । ०८१ साल जेठ १७ मा बुटवल उपमहानगरपालिकाले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलअन्तर्गत मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडलाई पाँच वर्षका लागि सञ्चालनको जिम्मा दिएपछि सेवा सुरु भएको थियो । तर सञ्चालन सुरु भएको केही महिनामै विभिन्न विवाद र सम्झौता कार्यान्वयनका समस्या देखिएपछि बधशाला पुनः बन्द भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)