काठमाण्डु उपत्यकासहित ४१ जिल्लामा आज आकस्मिक बाढीको जोखिम
kathmandupati.com · Fri Aug 14 03:50:10 GMT 2026

काठमाण्डु – वर्षासँगै देशका केही जिल्लामा शुक्रबार आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ। कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, तनँहु, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, रोल्पा, सल्यान, रुकम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालीकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ। यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)